एमाले थुलुङदुधकोशीले आयोजना गर्यो बृहत भेला,पालिका-काठमाडौं सम्पर्क मञ्च गठन
काठमाडौं।नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिका कमिटीको आयोजनामा राजधानीमा बृहत भेला सम्पन्न भएको छ।

गाउँपालिका कमिटी अध्यक्ष भुपालसिं राईको अध्यक्षमा सम्पन्न थुलुङ दुधकोशी गाउँपालिकाबाट काठमाडौं आई बसोबास गरिरहेका एमाले समर्थकहरुको सो भेलाले नवराज बस्नेतको अध्यक्षतामा १७ सदस्यीय थुलुङ दुधकोशी- काठमाडौं सम्पर्क समिति गठन गरेको बताईएको छ।समितिको उपाध्यक्षमा सुमित्रा भुजेल र सुबास भारती,सचिबमा भाइकाजी तामाङ,उपसचिवद्व्यमा निरुता बस्नेत र सुलभ राई कोषाध्यक्षमा अमरजन राइ छन् ।
नेकपा एमाले सोलुखुम्बु जिल्ला इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य मानबीर राईको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला नेता जनक बस्नेत सो पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको पालिका कमिटी अध्यक्ष राईले जानकारी दिए।एमाले प्रवेश गरेका बस्नेत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सदस्य हुन्।उनलाई प्रमुख अतिथि केन्द्रीय सदस्य राईसहित प्रदेश नं १ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारी,प्रदेश सांसद उत्तमकुमार बस्नेत र जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलालगायतका नेताहरुले स्वागत गरेका थिए।
नेकपा एमाले १ नं प्रदेश संगठन कमिटीका सदस्यहरु महेश किराँती,बच्चुनारायण श्रेष्ठ,जिल्ला कमिटी सदस्य आङबाबु राई,झनक बहादुर बस्नेत ,नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिका अध्यक्ष नन्दराज बास्तोला लगायतको उपस्थिति रहेको सो भेलालाई सम्बोधन गर्दै आगामी मंसिर ४ गते हुने संघीय निर्बाचनका लागि प्रत्यक्षतर्फ जिल्लाबाट सर्बसम्मत उम्मेदवार सिफारिस हुन सफल कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य राईले गठबन्धनलाई पराष्त गर्दै एमालेलाई बिजय गराउन सबै एकजुट भएर लाग्नुपर्ने बताए।
भागबण्डा गरेर खानकै लागि गठबन्धन गरेर सरकारमा गएका पांछ दलले गरिरहेको गम्भीर अपराध को सजाय दिनका लागि जनताले मंसिर ४ गतेको व्यग्र प्रतीक्षा गरिरहेको बताउंदै मुलुकको स्वाधीनताको रक्षाका लागि पनि निर्बाचनपछि एमालेको सरकार बन्नु अपरिहार्य रहेको जिकिर गरे।
भेलालाई सम्बोधन गर्ने अन्य बक्ताहरुले पनि जनताहरुद्वारा तिरस्कृतहरुको झुन्ड एमालेसंग प्रतिस्पर्धा गर्न नसकेकै कारण गठबन्धनको राप अलापिरहेको बताउंदै एमालेलाई बहुमत दिलाउनका लागि सबै नेता-कार्यकर्ता उत्साहकासाथ निर्बाचनमा होमिनुपर्ने धारणा राखेका थिए।

