चुनावी तालमेल हुन सक्छ,एमालेले कसैसँग गठबन्धन गर्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको सबै षड्यन्त्रलाई चिर्दै आसन्न निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन एमालेको विरोध गर्न मात्र भएको भन्दै पोखरेलले अहिलेको तथ्यले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले बहुमत ल्याउने देखिएको दावी गरेका हुन्।
सत्ता गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नभएको उनको आरोप छ।
नेता पोखरेलले अहिले आवश्यकताअनुसार केही स्थानमा केही दलहरूसँग चुनावी तालमेल हुन सक्ने तर गठबन्धन नै बनाएर एमाले अघि नबढ्ने स्पष्ट पारे ।
नेपालको स्वाभिमानमाथि कसैले गलत नजर लगाउन नसक्ने तथ्य एमालेले स्थापित गरेको गरेको समेत उनले बताए ।

