गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजार सार्बजनिक



विवेक लोप्चन,काठमाडौँ । गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’सार्बजनिक भएको छ।आफ्नो सांगीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा उनले उक्त गीत ओेएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

‘डाँडापारी’बोलको गीतबाट गायक लामालाई साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका मिल्यो । गायक लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ,मुसुक्क नेमा, हुलाकी दाई, हुक्का,भुल भए माफ गर, मार्फाको स्याउ, हलक्क मैच्याङ, बुट्टे रुमाल, म्हेन्दोमाया गीत ‘टुना युनाले’ लगायत थुप्रै गीत
सार्वाधिक चर्चामा छन ।

गीतलाई एच.बी सुनारले रचना र संगीत गरेका हुन भने शाहस शाक्यले संगीत संयोजन गरेका हुन । गायक रन्जित लामाको स्वर रहेको उक्त गीतमा फिमेल भोकलमा मन्जु उपाशना बिकले साथ दिएका छन । गीतलाई प्रकाश मिश्रले ध्वनी सम्पादन गरेका हुन भने अकोस्टिक नेपाल स्टुडियोमा गीत रेकर्ड गरेका हुन ।

भिडियोमा गायक लामा पहिलोपटक देखिएका हुन । उनीसँगै मोडल स्मारिका ढकाललाई देख्न सकिन्छ । देवराज गुरुङले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन । भिडियोलाई प्रेम लामाले छायांकन र निर्देशन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्