मेरो नाम जोडेर लेटरप्याड रंग्याउन गलत प्रचार गरेका हुन् प्रत्यक्षमा चुनाव लडेपछि ती पात्रहरु छक्क पर्छन कांग्रेस नेता: बलबहादुर केसी



केदार बस्नेत,काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले गृह जिल्ला सोलुखुम्बुबाट प्रत्यक्षतर्फ निर्वाचन लड्ने हुनुभएको छ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको नाममा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै केसीले म दिवंगत आमाको काजकिरियामा रहेको थिए, मलाई डाईवेडिज,कम रक्तचाप र डेङ्गु संक्रमण बनाएको अवस्थामा सल्लाह नगरि मेरो नाम जोडेर अलोकतान्त्रिक तवरबाट सञ्चार माध्यममा गरिएको प्रचारप्रति नेता केसीले भत्सर्ना र आपत्ति जनाउँनु भएको छ।

केसीले सामाजिक सञ्जालमा लेख्नुभएको छ,”स्थानीयदेखि केन्द्रीय तहसम्मका नेताहरूको भावनालाई कदर गर्दै लामो संघर्ष,लाखौं जनताको योगदान र हजारौं सहिदको बलिदानबाट वर्तमान उपलब्धिको रक्षा गर्न मंसिर ४ मा हुने निर्वाचनमा पुन:प्रत्यक्षतर्फबाट नै सहभागी हुन्छु ,।”

नेपाली कांग्रेस सोलुखुम्बुलाई केसीले कांग्रेसको निर्देशन विपरीत कार्य नगर्न अनुरोध गर्नुभयो । जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले प्रत्यक्षमा आंगेलु शेर्पाको एकल नाम सिफारिस भएको तस्वीर सहितको स्ट्याटस लगाएका थिए भने बलबहादुर केसी सहित अन्य ८ जना समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको लेटरप्याडमा हस्ताक्षर गरेको विज्ञप्ति निकालेका थिए । सभापति शेर्पाको सिफारिस एकल भएको र स्थगित बैठक सञ्चालनमा नै नआएको भ्न्दै सचिव द्वय भलाकाजी कुलुङ र युवराज घिमिरेले अर्को प्रेस विज्ञप्ति सार्वजनिक गरेका थिए ।

सार्वजनिक गरिएको विज्ञप्तिमा पनि सभापति शेर्पालाई नियमविपरीत कार्य नगर्न अनुरोध गरिएको थियो भने अर्को बैठक बोलाउन सुझाव दिएका छन् र बैठक सञ्चालनको तयारीमा रहेको सचिवहरुले विज्ञप्तिमा जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्