थुलुङदुधकोशीमा सडक कालोपत्रेका लागी ६१ करोड लागतको वहुवर्षीय योजना स्वीकृत
सोलुखुम्बु।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सडक कालोपत्रेका लागि ६१ करोड लागतको वहुबर्षीय योजना स्वीकृत भएको छ।

प्रदेश सरकारद्वारा स्वीकृत सो योजना अवको ५ वर्षभित्र सम्पन्न हुने थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले जानकारी दिए।
सो योजना अन्तरगत नेले, चारघरे, पालिका केन्द्र बैंक हुँदै दुधकोशी सामुदायिक अस्पतालसम्म पुग्ने १२.५ किलो मिटर सडक कालोपत्रे हुने अध्यक्ष राईको भनाई छ।

