नेकपा एमाले र नेपाली कांग्रेसले गरे उम्मेदवारी सिफारिस : एमालेबाट राई,कांग्रेसबाट शेर्पा



सोलुखुम्बु।नेकपा एमाले र नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका लागि आ-आफ्नो दलको तर्फबाट उम्मेदवार सिफारिस गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको सोमबार सम्पन्न बैठकले मानबीर राईलाई प्रत्यक्षतर्फ सर्बसम्मत रूपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेसंगै उम्मेदवार सिफारिस गरेको छ।एमाले जिल्ला कमिटी बैठकले संघीय संसद प्रतिनिधिसभा सदस्य उम्मेदवारमा राई र समानुपातिकतर्फ सूर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको छ।यसैगरी प्रदेश ‘क’ को प्रत्यक्षतर्फ प्रदेश कमिटी सचिवालय सदस्यद्व्य उत्तमकुमार बस्नेत र महेश किरांँती तथा समानुपातिकतर्फ कल्पना राई,कल्पना गिरी,नरेन्द्र बहादुर राई,लक्ष्मी बस्नेत,सावित्रा भट्टराई,श्यामकुमार राई, पार्वती राई,सर्मिला बस्नेत र प्रभुराम कार्की सिफारिसमा परेका छन् ।

यसैगरी प्रदेश निर्बाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ रामकाजी श्रेष्ठ,आशकुमार राई,दीपक राजभण्डारी,मिङ्माछिरी शेर्पा गरि ६ जनाको नाम सिफारिस गरिएको भए पनि नेकपा एमाले प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक एबम् सदस्य बुद्धिकुमार राजभण्डारीले चाहना व्यक्त गरेको खण्डमा उनलाई एकल उम्मेदवारका रूपमा अघि बढाउने निर्णय भएको एमालेले जनाएको छ ।उता समानुपातिकतर्फ भने डीबी रानापाल,आशकुमार राई,आङकाजी शेर्पा,कल्पना राई,केशव खड्का,कुमार राई,बुद्धलक्ष्मी राईको नाम सिफारिस गरिएको छ ।

यसैगरी नेपाली काँग्रेसले आजै प्रतिनिधि सभाको प्रत्यक्षतर्फ केन्द्रिय सदस्य आङगेलु शेर्पाको नाम एकल रूपमा सिफारिस गरिएको एक बिज्ञप्तिमार्फत जनाएको छ। जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाका अनुसार समानुपातिकतर्फ पार्टी केन्द्रिय सदस्य बलबहादुर केसीसहित आठ जना नेताको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ पुरुषोतम बस्नेत र गोकर्ण राई, पुर्व पार्टी सभापति प्रभुराम बस्नेत, पार्टी महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्की, महाधिवेशन प्रतिनिधि आङछिरिङ शेर्पा र धर्म नेपाली र राधिका श्रेष्ठको नाम प्रदेशमा सिफारिस गरिएको छ । दुवै प्रदेश सभा क्षेत्रिय समितिको सिफारिसको आधारमा केही परिमार्जन गरि प्रदेश सभा (क) र (ख) मा उम्मेद्धवारको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ पुर्व पार्टी सभापति विनोद बस्नेत, पार्टी सचिव भलाकाजी कुलुङ, युवा नेता गणेश बस्नेत, पार्टी नेताहरु कुसराज राई, रोसन थुलुङ, भेषकुमार बास्तोला र थिरबहादुर बस्नेतको नाम पठाईएको छ ।

त्यस्तै, प्रदेश (क) कै समानुपातिक तर्फ पुर्व पार्टी सभापति छत्रध्वज बस्नेत, पार्टी नेताहरु नातिकाजी गुरुङ, सरला नाछिरिङ, गिता गुरुङ, रिना उप्रेती केसी, जिवन गुरुङ, एकाकुमारी कार्की, अशोक झा, जयप्रसाद राई, भक्त गुरुङ, फुर्तिमान तामाङ, विमला गुरुङ र हरिदेवी भुजेलको नाम प्रदेश समितिमा पठाईएको हो ।

प्रतिक्रिया दिनुहोस्