आङकाजी शेर्पासहित चार नेता एमाले जिल्ला कमिटी सोलुको सदस्यमा मनोनीत
सोलुखुम्बु।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको आङकाजी शेर्पासहित चार जना सदस्यमा मनोनीत भएका छन् ।

सोमबार जिल्ला सदरमुकाम सल्लेरीमा जारी नेकपा एमाले जिल्ला कमिटीको बैठकले शेर्पा सहित चारजनालाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरिएको जिल्ला कमिटी सदस्य भुपाल सिंह राईले जानकारी दिए। मनोनीत हुनेहरूमा शेर्पा,उदयबहादुर बस्नेत,कल्पना गिरी,र फुनुरु शेर्पा रहेका छन्।
आङकाजी स्थानीय तह निर्बाचन अघि नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका थिए।उनी एमालेकोतर्फबाट सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखको उम्मेदवार पनि हुन्।शेर्पा झिनो मतले कांग्रेस उम्मेदवारसंग नगरप्रमुखमा पराजित भएका थिए भने बस्नेत र गिरी एमाले थुलुङ दुधकोशीका नेता हुन्। बस्नेत थुलुङ दुधकोशी गाउँपालिका कमिटीमा यसअघि अध्यक्षको जिम्मेवारीमा रहेका थिए।गिरी स्थानीय निर्बाचनमा सोही गाउँपालिका उपाध्यक्षका उम्मेदवार हुन्।
उता, सोलुदुधकुण्ड नगरपालिकाका फुनुरु माओवादी केन्द्र परित्याग गरि केहि समय अघि एमाले प्रवेश गरेका थिए।जिल्ला कमिटी बैठक अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा अझै जारी छ।बैठकमा जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य मानबीर राई पनि उपस्थित छन् ।

