निलाञ्जला भार्द्वाजका चार मुक्तक



मुक्तक-१

जबर्जस्तीको सम्बन्ध किनेको माया
चर्को घामको एक टाटाे बादलको छाँया
कुनबेला ओझेलिन्छन् पत्तो हुन्न साथी
नपत्त्याए हेर्ने गर्नु आफ्नै दायाँबायाँ ।
मुक्तक -२

तड्पाई दिन्छ अधुरो रहरले भन्दिनु
अत्याई दिन्छ नभेटिने डरले भन्दिनु
यहि सन्देश दिनु माछी, सागरले सोध्यो भने
बाटो हेर्न भुल्या छैन बगरले भन्दिनु ।
मुक्तक-३

झट्ट बोलूँ मन खोलूँ, न त अथाह चाहा हुने
न त चिप्ला बातसँगै उल्लासमय आहा हुने
झन्झटिला बन्दै जान्छन् कुनैकुनै नाताहरू
न त भेट्दा आहा हुने न त छुट्दा डाहा हुने ।

मुक्तक-४

समर्थन हो समर्पण हो अटूट विश्वास हो प्रेम
तड्पाईमा नि मीठो लाग्ने मिठास हो प्रेम
न कस प्रेमलाई मुठ्ठीमा सीमारेखाको बन्धनले
न कसैको मालिक न कसैको दास हो प्रेम ।

काठमाण्डाैं

प्रतिक्रिया दिनुहोस्