कांग्रेस प्रदेश ‘क’ले उम्मेदवारका लागि गर्यो प्रत्यक्षमा ४ र समानुपातिकमा १६ को नाम सिफारिस
रहस्य खबर काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश निर्बाचन क्षेत्र ‘क’ कार्यसमितिले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्बाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस गरेको छ।

प्रदेश क’ कार्यसमितिका सभापति धनजन राईको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको बैठकले प्रदेशसभाको प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरेको बताईएको छ।
प्रत्यक्षतर्फ कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्वसभापति बिनोदकुमार बस्नेतसहित,पूर्ब सहसचिव कुशराज राई,जिल्ला कार्यसमितिका सचिव भलाकाजी कुलुङ र नेता थिरबहादुर बस्नेत सिफारिसमा परेको प्रदेश सभा` क´का उपसभापति टार्जन कुलुङले बताएका छन् । समानुपातिकतर्फ खस आर्यतर्फ छत्रध्वज बस्नेत,हुत्तराज बस्नेत,सन्तोषकुमार कटेल,गणेशबहादुर बस्नेत,भरत काफ्ले,पोषकुमार बास्तोला आदिवासी जनजातितर्फ जयप्रसाद राई,जीवन गुरुङ, नातिकाजी गुरुङ छन्।यसैगरी,महिलातर्फ रिना उप्रेती केसी ,बिमला गुरुङ,एकाकुमारी कार्की बस्नेत , गीता गुरुङ र सरला नाछिरिङ तथा मधेसी,मुस्लिम र अल्पसंख्यकबाट अशोक झा र हरिदेवी भुजेललाई सिफारिस गरेको प्रदेश सचिव विजय गुरुङले जानकारी दिएका छन् ।

