एमाले जिल्ला कमिटी सोलुखुम्बुको बैठक सोमबार,उम्मेदवार बन्न चाहनेसंग आवेदन माग



सोलुखुम्बु।नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र (क) समन्वय कमिटी सोलुखुम्बुले प्रदेश उम्मेदवारका लागि आवेदन आव्हान गरेको छ।

शनिबार सूचना जारी गर्दै कमिटी सचिब उमेश श्रेष्ठले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्बाचनमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार बन्नका लागि उम्मेदवार बन्न चाहने पार्टी कार्यकर्तालाई ब्यक्तिगत बायोडाटासहित आईतवार बेलुकीसम्म इमेलमार्फत आवेदन दिन आव्हान गरेका हुन्।उम्मेदवार सिफारिसका लागि एमाले प्रदेश निर्बाचन क्षेत्र समन्वय कमिटी ‘क’ र ‘ख’ को बैठक सोमबार बस्दैछ।

सोमबार नै नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको बैठक पनि बस्दैछ।सो बैठकले प्रदेश निर्बाचन क्षेत्रहरुले गरेको उम्मेदवार सिफारिस आफ्नो रायसहित प्रदेशमा पठाउने र संघीय निर्बाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्ने जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।अध्यक्ष बास्तोलाका अनुसार मंसिर ४ गते हुने निर्बाचनका लागि निर्बाचन परिचालन कमिटी गठनका साथै सम्बन्धित सबै निर्णय पनि यहि बैठकले गर्ने छ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक भने आईतवारका लागि बोलाईएको छ।बैठकमा जसंगठनले अहिलेसम्म गरेका कामहरूको प्रगति समिक्षा गर्नुका साथै भावी कार्ययोजना निर्माण गर्ने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्