‘झम्म झम्म साईली’ सार्वजनिक



काठमाडौं। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीतको भिडियो एकपछि अर्को सार्वजनिक हुने क्रम जारी छ ।

यसै सिलसिलामा लोकदोहोरी गायक कमल विसी माल्दाई र गायिका प्रतिक्षा वाग्लेको आवाजमा सजिएको तीज गीत ‘झम्म झम्म साईली’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द सृजना र गायक विसीकै लय सृर्जना रहेको गीतलाई भोलुम अनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको हो । गायिका प्रतिक्षा वाग्लेको प्रस्तुतिमा बजारमा आएको गीतको भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ भने अजय रेग्मीको छाँयाकन रहेको छ । गीतमा दुई प्रेमी जोडीहरु एक अर्कालाई बयान गर्दै तीजमा सँग सँगै नाच्ने गाउने गरेको दृश्य देखाईएको छ ।

गीतको भिडियोमा समुन्द्र वाग्ले, लोसिना लामिछाने, प्रेम रसाईली, जसोदा कार्कीको अभिनय रहेको छ । गायक विसी र गायिका वाग्लेले गरेका यस अघिका तीज गीतहरु पनि सफल भएका थिए । युवा व्यवसायी राजेन्द्र कुँवरको विशेष सहयोग तयार भएको गीतको संगीत संयोजन महेन्द्र भण्डारीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्