हाइकु – मुर्कुट्टाहरु



                ✍️ मनुहाङ किराँती ‘साेलु’

बाँचेर देखा
भनेर हिम्मतमा
कैले हारिनँ ।

भगवान छ
भनेर साक्षी राखी
अगाडि बढेँ ।

साँच्चै पहाड
फाेरेर आएँ पनि
केही लाग्दैन।

बुझ्नु यति हाे
अरु कुरा त छैन
विशेष गरि।

प्रेमकाे झाेली
भरेर आउनु ल
भन्ने मात्र भाे।

यथार्थ कुरा
नगर्नु नै जाति छ
यति छ बुझ्न।

ए!भाइ तिमी
कति साह्राे लाटाे छाै
भनी नहेप्नु ।

सराप लाग्न
सक्ला हाेस गर्नु ए!
मुर्कुट्टाहरु………।

प्रतिक्रिया दिनुहोस्