नेचासल्यानमा तरकारी खेती सम्बन्धि तालिम सुरु,कृषिलाई ब्यबसायीकरण गर्नुपर्नेमा कार्कीको जोड




सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँपालिकामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम आजबाट सुरु भएको छ।

नेचासल्यान गाउँपालिकाको समन्वय तथा नेपाल सरकार कृषि तथा पशुपंक्षि बिकास मन्त्रालयको आयोजनामा सुरु भएको मागमा आधारित तरकारी खेती सम्बन्धित तीन दिने सो तालिमको प्रमुख अतिथि कृषि तथा पशुपंक्षि बिकास मन्त्रालयका पूर्ब सचिब योगेन्द्र कुमार कार्कीले गरेका थिए।

नेचासल्यान गाउँपालिकाका अध्यक्ष धञ्जन राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कार्की, बिशिस्ट अतिथि नेपाली कांग्रेसका नेता प्रकाशसिं कार्की,नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राई,तरकारी बाली बिकास केन्द्र खुमलटारका प्रमुख दिनेश सापकोटाले आ-आफ्नो धारणा राखेका थिए।

उद्घाटन कार्यक्रमका सन्चालक दिनराज बास्तोलाका अनुसार तालिममा ५० जना सहभागी छन् । सहभागीहरुलाई तरकारी बाली बिकास केन्द्र खुमलटारका प्रमुख सापकोटा,बाली संरक्षण अधिकृत प्रकाश घिमिरे र प्राविधिक एकराज थारुले प्रशिक्षण प्रदान गर्नेछन् ।

कार्यक्रममा कांग्रेस नेता कार्कीले कृषि प्रधान देश भएर पनि समयानुकूल यसको बिकास गर्न नसक्दा नेपाल खाद्य पदार्थमात्र नभएर तरकारी समेत बिदेशबाट आयात गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था रहेको बताए।यसको अन्त्यका लागि कृषिलाई ब्यबसायीकरण गर्नु आवश्यक रहेको उनको भनाई थियो ।उर्बर भूमि भएर पनि नेचासल्यान तरकारीमा समेत परनिर्भर हुनुपर्ने अवस्था आएको दृष्टान्त दिंदै उनले आत्मनिर्भरताका लागि यो तालिमले सहयोग पुर्‍याउने अपेक्षा आफुले राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्