कविता :भानुभक्त तिमी




बुवा धनञ्जय आचार्य
माता धर्मावती देविकि सुपुत्र
बाजे श्री कृष्ण आचार्यका नाति भानुभक्त तिमी हौ ।

जन्म वि. सं १८७१ असार
२९ गते तिम्रो पर्‍यो ।
वर्षा याम असारे झरी चुँदी
रम्घाको हरिया फाँटहरु ।
अहो कस्तो भाग्य लिई जन्म्यौ
भानुभक्त तिमी ।

ज्ञानि निकै पढ्या लेख्या
श्रीकृष्ण बाजे तिम्रा
उनैले घरमै राखी शिक्षा दिक्षा
बहुत खुब दिया
गर्थ्यौ रे वात पनि श्लोकमै
निकै दरिला गरि
छन्द मिलाइकन पद्य कविता
कापिमै लेख्या सरि ।
सानैमा निकै तेजिलो दिमाग
उहि भानुभक्त तिमी ।

हुने बिरुवाको चिल्लो पात भने झैं
प्रख्यात हुन सफल भयौ
उल्था गरि वाल्मीकि रामायण ।
गर्यौ लोक कल्याण ।
बाजेको इज्जत राखी
बन्यौ कर्तव्य परायण ।
आज जन जनको मुखमा
उहि भानुभक्त तिमी ।

छोयो मन तिम्रो ती
दरिद्र घाँसीका कुराले ।
गर्नलाई उद्देश्य पूरा
छेकेन कुनै अप्ठ्याराले ।
जन्मेनन कहिल्यै फेरि खै
त्यस्ता घाँसीजन हेर ।
सम्झन लायक अनेक कृतिहरु
छोडिजाने उहि भानुभक्त तिमी ।

नेपाली लोक साहित्यमा
गर्‍यौ ठुलै पैरवी तिमीले ।
पायौ सम्मान स्वरुप त्यसैले
आदिकवि पदवी पनि ।
जन्मना शुद्र जायते
कर्मणा उच्च दिज्यते
मनाउछन् भानु जयन्ती असार २९ गते ।
अमर अजर रहनेछौ
उहि भानुभक्त तिमी ।।

,,,,,
हिम श्रेष्ठ
तनहुँ
हाल अफ्रिका

प्रतिक्रिया दिनुहोस्