सरु क्षेत्रीका चार मुक्तक

मुक्तक-१

भन्दिन म कहिल्यै तिमी मेरै हुनुपर्छ
आँखाहरु पढ्नुपर्छ धड्कन छुनुपर्छ
मायाँ विश्वास हो सबथोक हो के भनौ
कहिले हाँस्नुपर्छ मायाँ कहिले रुनुपर्छ ।
मुक्तक-२
मलाई हिलै हुन देउ प्रिय धुलै हुन देउ
भुल ठान्छेउ भने तिमीले भुलै हुन देउ
कम्सेकम फक्रीएर त कर्म पुरा गरुँला
ओइलिई झरोस् कुहियोस् फूलै हुन देउ ।
मुक्तक-३
मलाई हेर्छु उस्लाई हेर्छु कुनै फरक देख्दिन
आफ्नै ठानेर अंगाल्न खोज्छु हक देख्दिन
बहुत प्यारले हेरिरहे नजरमा नजर जुधाई
फिक्का लाग्छ हेराइमा कुनै रौनक देख्दिन ।
मुक्तक-४
हाँसी हाँसी रिजाउन सबैलाई कहाँ सकिन्छ
मनका दुखेसो फिजाउन सबैलाई कहाँ सकिन्छ
लाग्छ कोहि त भैदियोस् सुनिदिने बुझिदिने
फेरि! परेली भिजाउन सबैलाई कहाँ सकिन्छ ।
-गोरखा

