प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप



बिराटनगर।प्रदेश १ का सांसद उत्तमकुमार बस्नेतले प्रदेश १ सरकार संघीय सरकारको गलत अर्थ नितिको मतियार बनेको आरोप लगाएका छन् ।

प्रदेश सरकारद्वारा प्रस्तुत बन,बाताबरण तथा भु-संरक्षण,उद्योग,श्रम तथा रोजगार र पर्यटन तथा संस्कृति मन्त्रालयका लागि बिनियोजित बजेटबारे मंगलबार प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै पूर्ब राज्यमन्त्री समेत रहेका सांसद बस्नेतले सो आरोप लगाएका हुन।आगामी आर्थिक बर्षका लागि सरकारद्वारा प्रस्तुत बजेटमा उल्लेख भएका आर्थिक नीतिका कारण उद्योगी,ब्यबसायीहरु सडकमा निस्किएर बिरोध गरिरहेको सन्दर्भ उल्लेख गर्दै रोजगार,श्रमको अवसर र उत्पादनको बिषयमा नीति तथा कार्यक्रममा २६ वटा बुंदामा मिठो कुरा लेखिएपनि रातो किताबले त्यसलाई सम्बोधन गर्न नसकेको उनको भनाई थियो।

सोलुखुम्बु जस्ता प्रदेश १ का अन्य दूर्गम जिल्लाहरुमा उद्योग खोल्न उद्योगीहरुलाई प्रोत्साहित गर्ने किसिमका छुट प्रदान गर्नुपर्नेतर्फ प्रदेश सरकारको ध्यान जान नसकेको उनले बताए।सांसद बस्नेतले स्थानीयस्तरमै जडिबुटी प्रशोधन र स्थानीय उत्पादनहरुको प्रयोग तथ खपत गर्ने किसिमका साना उद्योगहरु स्थापनाका लागि बजेट छुट्याउन आफुले सरकारसंग पटकपटक आग्रह गरेपनि त्यसको सुनुवाइ नभएको भन्दै आक्रोश व्यक्त गरे।

मुन्दुम ट्रायलका लागि थोरै बजेट बिनियोजन गरेपनि मस्ट मुन्दुम मोनार्की ब्रेक टाईलको संरक्षणका लागि गत बर्ष बजेट छुट्याएपनि यसलाई निरन्तरता नदिएर सबै धर्म र संस्कृतिप्रति पूर्ण रूपमा वेवास्त्ता गरेको उनले बताए।उनले पर्यटन क्षेत्रको बिकासका लागि पनि सरकारले ध्यान पुर्‍याउन नसकेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्