सयपत्री थुलुङका चार मुक्तक




मुक्तक-१

मेटिंदै मधुरो होस् अदृश्य याद पनि
मायाको धर्साहरू मेट्ने इरेजर बनि
कसैको चित्त नदुखोस् मेरो छायाले
विर्सिदेउ बरू यो संसारमा छैन भनि ।
मुक्तक-२
ए हावा ! मेरो सन्देश पुर्याइदेउ गाऊँघरमा
सम्झनामा छट्पटिन्छ मन विरानो शहरमा
सुदुर देशवाट नव सपनाको विहानी वोकेर
तिम्रै काखमा व्युझन्छ भन्नु प्रमुख खबरमा
मुक्तक ३
एकान्तमा उभिएर सपनाको विम्व तय गर्छु
ढुकढुकि चलिरहुन्जेल संघर्ष हर समय गर्छु
आगो टेक्न त सहज लाग्छ आदत परेपछि
चुनौतिभित्र स्वर्णिम नयाँ विहान उदय गर्छु ।
मुक्तक ४
जन्मिए म सुन्दर भूमि नेपालमा यही मर्नेछु
हरियो वन नेपालको धन सधै सुरक्षा गर्नेछु
हिमाल र पहाडको काखमा खेल्दै हुर्किए
प्रकृतिको ढुकढुकिमा खुशीको रंग भर्नेछु।
संखुवासभा (हाल जापान)

प्रतिक्रिया दिनुहोस्