टाप्टिङमा तीन दिने माउन्टेन लिडरसीप एण्ड कुक हाइजिन एण्ड सेनिटेसन ट्रेनिङ सम्पन्न



गार्डेन राई,सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाको वडा नं-१० टाप्टिङमा तीन दिने माउन्टेन लिडरसीप एण्ड कुक हाइजिन एण्ड सेनिटेसन ट्रेनिङ सम्पन्न भएको छ ।

पर्यटन प्रवर्द्दधन गर्ने उद्धेश्यले शनिबारबाट सुरु गरिएको सो तालिम सोमबार सम्पन्न भएको हो।समापान समारोहका प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो ।

नगरपालिकाको वडा नम्बर १० टाप्टिङ, काठमाण्डु इन्भाइरोमेन्टल एजुकेसन प्रोजेक्ट र पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको संयुक्त आयोजनामा सम्पन्न भएको सो तालिममा ५१ जनाको सहभागिता रहेको वडाअध्यक्ष होमबहादुर मगरले जानकारी दिनुभयो ।

२३ जना सहभागिता रहेको कुक तालिमलाई पासाङकाजी तामाङ र अम्बर तामाङले प्रशिक्षण प्रदान गर्नुभएको थियो भने २८ जनाको सहभागिता रहेको लिडरसीप तालिमलाई सुनिल गुरुङ, अमित खड्का र अम्बर तामाङले प्रशिक्षण गर्नुभएको मगरले जानकारी दिनुभयो ।

प्रशिक्षार्थीहरुले तालिम प्रभावकारी रहेको प्रतिक्रिया दिदै थप यस्तै तालिम सञ्चालन गर्न माग समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्