थुलुङ दुधकोशी : जुबुमा सामुदायिक कृषि सूचना केन्द्र भवन निर्माण सुरु



गार्डेन राई,सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ५ जुबुमा सामुदायिक कृषि सूचना केन्द्र भवन निर्माण सुरु गरिएको छ ।

नेपाल सरकार कृषि मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/०७९ को २५ लाख अनुदान रकमबाट एभरेष्ट सामुदायिक सिकाइ केन्द्रले भवनको निर्माण सुरु गरेको हो ।

अनौपचारिक शिक्षा अन्तर्गत प्रौढ शिक्षा, व्यवसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्न, कृषि क्षेत्रमा बढावा दिनका लागि प्राविधिक हिसावले पहिचान गर्दै नगदेबालितर्फ किसानलाई अभिप्रेरित गर्ने,बीउ विजनको व्यवस्थापन गर्ने,उत्पादित वस्तुलाई बजारीकरणमा सहयोग गर्ने उद्धेश्यका साथ असारको पहिलो हप्ताबाट सुरु गरिएको सूचना केन्द्र भवन असार मसान्तसम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको एभरेष्ट सामुदायिक सिकाइ केन्द्रका सचिव भुपालसिं राईले जानकारी दिनुभयो। ।

थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४,५ र ९ को स्थानीय बासीहरुलाई लक्षित गरि निर्माण सुरु गरिएको सूचना केन्द्रमा सभाहल सहितको दुई तले ६ कोठे भवन निर्माण गरिने सचिव राईको भनाइ छ। राईका अनुसार अहिले भवनको जग बसाएर पर्खाल लगाउने काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्