आर्थिक समृद्धिका लागि मौद्रिक नीतिले समेट्नुपर्ने कुरा



प्रकाश भट्टराई खत्री

सामान्यतया नेपालको सन्दर्भमा मौद्रिक नीति केन्द्रिय बैँकले जारी गर्ने गर्दछ । आर्थिक वर्ष २०७९ /८० को मौद्रिक नीतिको तीव्र तयारीमा जुटिरहेका बेला समग्र अर्थतन्त्रमा कस्ता कस्ता निति अपनाउँदा देशमा समृद्धि आउँछ भन्ने विषयमा सबैको चिन्ता र चासो देखिन्छ ।

नेपाल राष्ट्र बैँकले किन हरेक वर्ष सरकारले बजेट भाषण पश्चात नेपाल राष्ट्र बैँकले मौद्रिक नीति जारी गर्छ । मौद्रिक नीतिमार्फत देशको अर्थतन्त्रलाई समृद्धिमा पुर्‍याउन निम्न कुराहरुमा ध्यान दिन आवश्यक देखिन्छ ।

१) नेपाल सरकारले अपेक्षा गरेको आर्थिक वृद्धि प्राप्तीलाई मध्यनजर गर्दै मौद्रिक नीति निर्माण गर्नु पर्दछ । जहाँ आर्थिक वृद्धि प्राप्तिका आधारहरुको पहिचान गर्दै विशिष्ट रणनीतिक नीतिहरु अवलम्वन गर्नु आवश्यक देखिन्छ ।

२) मुल्य स्थिरता कायम गर्ने अथवा दिनानुदिन वृद्धि भइरहेको मुद्रा स्फितीलाई नियन्त्रण गर्ने खालको मौद्रिक नीति बनाउन आवाश्यक छ । जसबाट आम उपभोक्ताहरुले उपयोग गर्ने सामाग्रीहरुको उपलब्धतामा सहजता मिलोस ।

३) अव्यबस्थित बजार संरचानामा भईरहेको बजार बिस्तार र बजारभित्र भएको सिण्डिकेटलाई परास्त गर्दै एकीकृत बजारहरुको निर्माण अभियानमा जोड दिने र व्यबसायिक र कृषि कर्जा प्रवाहलाई सन्तुलनमा रहने खालको मौद्रिक नीति बन्न आवाश्यक छ ।

४) सरकारले प्रस्तुत गरेको जुन
बजेट छ त्यसको कार्यान्वयनका लागि सहज वातावरणको सिर्जना हुने किसिमको मौद्रिक नीति बन्न आवाश्यक छ ।

५) आयातमुखी अर्थतन्त्रलाई मध्यनजर गर्दै कृषि क्षेत्रको उत्पादनमा लागत कमि हुने रणनीति अपनाउँदै निर्यातमुखी अर्थतन्त्रलाई प्रोत्साहन हुने खालको मौद्रिक नीति निर्माण गर्ने आवाश्यक छ ।

६) मौद्रिक नीतिमा कृषि कर्जालाई प्रोत्साहन गर्दै जुन कुषि कर्जा प्रत्यक्ष उत्पादनशील र उत्पादनसंग जोडिन सक्ने खालको हुन आवाश्यक छ । जसबाट समग्र पुँजी निर्माणमा वृद्धि भई अर्थतन्त्रमा थप टेवा पुग्ने खालको हुन आवाश्यक छ ।

७) लगानीलाई प्राथामिकतामा राख्दै बैँकहरुसंगको समन्वयमा उपयुक्त व्याजदर कायम गर्दै व्याबसायीहरुले लगानी गर्ने सक्ने वातावरण तयार पार्दै मौद्रिक नीतिको निर्माण गर्नु आवश्यक छ ।

८) हाल नेपालको सन्दर्भमा बढ्दै गईरहेको मुद्रास्फिृति र तरलता व्यबस्थापनमा सहयोग पुग्ने खालको मौद्रिक नीति बनाउन आवश्यक छ । जँहाबाट निक्षेपमा वृद्धि,कर्जा असुली र आम्दानीमा वृद्धि हुने खालको मैद्रिक नीति अपनाउँदै अधिकतम मुनाफा आर्जन गने सक्ने क्षेत्रमा लगानीको बिस्तार गर्न सक्नु पर्दछ ।

९) बजारको तरलता व्यबस्थापन गर्ने हरेक बैँक तथा वित्तीय संस्थाहरुबाट मुनाफाको निश्चित प्रतिशत बित्तीय साक्षरताको निमति छुट्याउन आवश्यक देखिन्छ । जँहा दुर्गम र पिछडिएका क्षेत्रका साक्षरताका कार्यक्रम गर्न लगाउने खालको मौद्रिक नीति निर्माण हुन आवश्यक छ ।

१०) तरलता र व्याजदरबीचको अन्तर सम्बन्धलाई मध्यनजर गर्दै मौद्रिक नीति निर्माणमा बिचार पुर्‍याउनु आवश्यक देखिन्छ । व्याजदर थोरै वा धेरैले पनि अर्थतन्त्रको हितमा काम गर्दैन । व्याजरमा भईरहने परिवर्तनले पनि लगानी र अर्थिक क्रियाकलापमा सँधै अनुकुल भईरहन्छ भन्न सकिंदैन। त्यस कारण पनि तरलता र व्याजदरमा प्रतिकुल असर नपर्ने खालको मौद्रिक नीति अपनाउन आवश्यक देखिन्छ ।

११) मानिसहरुसंग आवश्यकता भन्दा ज्यादा पौष हुँदा पनि बजारमा मुल्यको वृद्धिमा प्रभाव पर्ने हुँदा माग अनुसारको मात्र मुद्रा आपूर्ती हुने खालको मौद्रिक नीति निर्माण गर्नु आवश्यक देखिन्छ । बजारमा ज्यादा पैसा भयो भने मागमा वृद्धि हुन गइ उपभोक्ताले उपभोगका निमित्त पनि खर्च गर्न गई बजारमा अधिक मुल्य वृद्धि हुन सक्छ, त्यसकारण पनि बजारमा सीमित पैसाको परिचालन गर्ने मौद्रिक नीति आवाश्यक छ ।

१२) खुद्रा,रिटेल,होलसेल हुँदै व्यापारिक घरनाहरु र समग्र पुँजी बजारसम्म कारोबार गर्ने सम्पुर्ण वित्तीय क्षेत्रहरुमा नियमन गर्न सक्ने नीति निर्माण गर्नु आवश्यक देखिन्छ । साथै दुर्गम तथा पिछडिएका क्षेत्रहरुमा वित्तीय कार्यक्रमहरुको सन्चालन गर्दै बचत गर्ने बानिको बिकासमा सुधार गर्ने र पुँजिको प्रभावकारी परिचालनमार्फत पुँजि निर्माणमा जुटन पनि आवश्यक देखिन्छ ।

अत: समग्र राष्ट्रको उत्थान र समृद्धिका निम्ति अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटले लिएको लक्ष्यलाई पुरा गर्ने सक्ने किसिमको मौद्रिक नीति ल्याउनु नै समग्र मौद्रिक नीतिको प्रमुख उद्धेश्य हुन्छ ।
(लेखक लक्ष्मी बैँकमा आबद्ध छन।)

प्रतिक्रिया दिनुहोस्