नेचासल्यानमा ४५ करोड ३३ लाख ६४ हजार र माप्यदुधकोशीमा ३७ करोड ८६ लाख ५३ हजारको बजेट पेश



सोलुखुम्बु। नेचासल्यान गाउँपालिकाले ४५ करोड ३३ लाख ६४ हजारको बार्षिक बजेट ल्याएको छ ।

आज बसेको गाउँसभाले आगामी आर्थिक बर्ष २०७९–८० का लागि संघीय सशर्त २१ करोड ४८ लाख, वित्तीय समानिकरण अनुदान १३ करोड ८ लाख, राजस्व बाँडफाँडतर्फ ६ करोड १० लाख ६६ हजार, प्रदेश वित्तीय समानिकरण ७१ लाख ७६ हजार, प्रदेश राजस्व बाँडफाँड २० लाख २० हजार, समपुरक अनुदान एक करोड, मालपोत रजिष्ट्रेशन ५ लाख, आन्तरिक स्रोत ७० लाख र चालु आर्थिक बर्षबाट सर्ने बजेट २ करोड गरि ४५ करोड ३३ लाख ६४ हजारको बजेट ल्याइएको हो ।

पालिका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न भएको ११ औ गाउँसभाको पहिलो अधिवेशनमा इन्द्रबहादुर राईले प्रस्तावित बजेट पेश गरेका थिए । बजेटमाथि छलफलका लागि सभाको दोस्रो अधिवेशन असार १७ गते बस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लवुण राईले जानकारी दिए।

उता,जिल्लाकै माप्यदुधकोशी गाउँपालिकाले पनि आगामी आर्थिक बर्षका लागि आर्थिक ३७ करोड ८६ लाख ५३ हजार रुपैयाँको बार्षिक बजेट सार्बजनिक गरेको छ।

खास्तावस्थित गाउँपालिकाको सभा हलमा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न गाउँसभामा सो बजेट सार्बजनिक गरिएको हो।
आर्थिक बर्ष २०७९/०८० को बजेट समानिकरण अनुदान तथा राजस्व अनुमानमा संघ समानिकरण अनुदानमा रु ११ करोड ४० लाख, प्रदेश समानिकरण अनुदान ६२ लाख ११ हजार,प्रदेश राजस्व कर २० लाख,१९ हजार संघ राजस्व बाँडफाट ७ करोड ३५ लाख पर्बतारोहण रोयल्टी ३५ लाख, गाउंपालिकाको आन्तरिक श्रोत राजस्व ४ लाख,मालपोत कार्यालय राजस्व ५ लाख र सशर्त अनुदान चालु १५ करोड २६ लाख , सशर्त अनुदान पुँजीगत ५२ लाख, बिशेष अनुदान पुँजीगत ७० लाख, प्रदेश सशर्त अनुदान १ लाख २३ हजार प्रदेश समपुरक अनुदान १ करोड रहेको उक्त बजेटमा कुल ३७ करोड , ८३ लाख, ५३ हजार बिनियोजन गरिएको गाउँ पालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्