मन्जुमा मनाईयो विश्व ओलम्पिक दिवस-२०२२



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।एभरेस्ट जुडो क्लब र खुम्बु पासाङल्हामु गाउँपालिका-३ मा रहेको युवा वर्ष आधारभूत विद्यालय मन्जुको आयोजनामा विश्व ओलम्पिक दिवस २०२२ मनाइएको छ ।

सो अवसरमा जुँडो प्रशिक्षार्थीहरुबाट जुँडो प्रदर्शन, रक क्लाम्बिङ, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियोे । विश्वको अग्लो स्थानमा रहेको जुडो क्लब सन् २०१७ मा स्थापना भइ युवा वर्ष आधारभूत विद्यालय मन्जु र खुम्जुङ मावि गरी १०५ जना जुँडो खेलाडी उत्पादन गरेको जुंडो क्लब संस्थापक काजी शेर्पाले बताउनुभयो ।

उक्त विश्व ओलम्पिक दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदले अनुशासनको पाठ सिकाउनकोसाथै बालबालिका शारीरिक, मानसिक, संवेगात्मक विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्दै एभरेष्ट जुडो क्लबले खेलेको भूमिकाको तारिफ गरेका थिए।

कार्यक्रम युवा वर्ष आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुरतेम्बा शेर्पाको प्रमुख आतिथ्यता तथा क्लबका संस्थापक प्रशिक्षक काजी शेर्पाको सभापतित्वमा सप्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्