नेचासल्यान गाउँपालिकाले आईतवार सार्वजनिक विदालाई कट्टा गर्‍यो



केदार बस्नेत नेचा।सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले सार्वजनिक विदा एक दिनमात्र लागू गर्ने भएको छ।पालिकाको हिजो आईतवार बसेको बैठकले शनिबारलाई मात्र सार्वजनिक विदा मान्ने निर्णय गरेको हो।

पालिकाभित्रका नागरिकले सास्ती पाउँने भन्दै आईतवारलाई पालिकाभित्र सार्वजनिक विदा कट्टा गरिएको प्रमुख प्रशासकीय अधिकृत लबुन राईद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।भोलि २४ गतेदेखि लागुहुने सूचनामा जानकारी गराईएको छ।

जिल्लाका ८ स्थानीय तहमध्ये नेचासल्यान सो निर्णय गर्ने पहिलो पालिका भएको छ।नेपाल सरकारले हप्ताको दुईदिन शनिबार र आईतवार सार्वजनिक विदा दिने निर्णय गरेको थियो उक्त सरकारको निर्णय यही जेठ १देखि लागू भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्