नेताहरूको प्रेश विज्ञप्तिमा आरोपप्रत्यारोपले कार्यकर्तामा एकताको सन्देश प्रबाह हुन सक्दैन



केदार बस्नेत।८ पालिका र ५२ वडा रहेको सोलुखुम्बुमा कांग्रेसले ५ पालिकाको प्रमुख उपप्रमुख सहित २४ वडाको नेतृत्व गरेको छ।दोस्रो स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले देशैभर ७५३ स्थानीय तहमध्ये ३२९ तहमा बिजयी हासिल गरेर पहिलो दल भएको छ।

पहिलो स्थानीय तह ७४ को निर्वाचनमा कांग्रेस देशैभरमा दोस्रो दल थियो भने सोलुखुम्बुमा तेस्रो दल भएको थियो।तत्कालीन निर्वाचनको नतिजालाई कांग्रेसले धेरै राम्रो सुधार गरेको छ।अहिले जिल्लामा एकल संयन्त्र निर्माण गर्ने अवसर नेकालाई प्रदान भएको छ।

निर्वाचन सम्पन्न भए पश्चात् पनि नेताहरू आरोपप्रत्यारोपमा उत्रिएका छन।जिल्ला कार्यसमितिका ५ पदाधिकारीहरुले जिल्लाका ४ शीर्षस्थ नेताहरूसँग असन्तुष्ट व्यक्त गर्दै जेठ १२ गते  संयुक्त प्रेश विज्ञप्ति सार्वजनिक गरेका थिए।

जिल्ला उपसभापति द्वय फुदोर्जी शेर्पा र घनराज सुनुवार सचिव द्वय भलाकाजी कुलुङ र युवराज घिमिरे यस्तै सहसचिव ङिमा छिरी लामाले पालिकाको निर्वाचनमा केन्द्रीय सदस्यहरु बलबहादुर केसी र आङगेलु शेर्पा जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा र निवर्तमान सभापति विनोदकुमार बस्नेत गरि ४ जनाले मात्र एकलौटी टिकट वितरणमा हस्ताक्षप गरि मनोनयन गर्न ८ स्थानीय तहमा मनोनयन दर्ताको पत्र पुर्याउन हेलिकप्टरको प्रयोग गर्ने अवस्था सिर्जना गरेको आरोप लगाएका थिए।पाँच पदाधिकारीहरुले
पदमा मात्र आसिन हुन दिने अनि काम उहाँहरुले मात्र एकलौटी गर्ने प्रवृति अन्त्य कहिले होला भन्दै गुनासो पोखेका छन।नजिकिदै गरेको संसदीय निर्वाचनमा यो प्रवृत्ति नेताहरूबाट दोहोर्‍इन्छ कि भन्ने डर भएको प्रेश विज्ञप्तिमा भनिएको थियो।

यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसी र निवर्तमान सभापति विनोदकुमार बस्नेतले नेताहरूको जवाफ एकहप्ता पछि विज्ञप्ति मार्फत दिनुभएको छ।पालिकाको बैशाख ३० गते सम्पन्न निर्वाचनमा आफुहरुको कुनैपनि हस्तक्षप र संलग्नता नभएको भन्दै टिकट वितरणमा जिल्ला सभापतिले एकलौटी निर्णय  गरेको साथै संसदीय समितिमा समेत कुनै छलफल नभएको सार्वजनिक गरेको प्रेश विज्ञप्तिमा भनिएको छ। संसदीय समितिका ५ नेताहरूको यो कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।केन्द्रीय सदस्य केसी र निवर्तमान सभापति बस्नेतद्वारा संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तिमा हामी सधैं विधि,विधान,नियमावली र पद्धतिको परिधिभित्र बसेर निर्णय हुनुपर्छ भन्ने पक्षमा रहदै आएका छौं विधानविपरीतको कुनैपनि कार्यको जवाफदेहीता नहुने स्पष्ट पारिएको छ।

नेताहरूको आरोपप्रत्यारोपलाई कार्यकर्ताहरुले सामाजिक सञ्जालमा विगतका दिनलाई स्मरण गर्नुस विकास निर्माणका सवालमा पार्टीका जनप्रतिनिधिहरुलाई सकारात्मक सहयोग गर्नुस।सबै नेता हामीले चिनेका छौ र उहाँहरुको व्यवहार पनि घाम जस्तै छर्लङ्ग छ।हाम्रो पनि पार्टीका लागि ठूलो योगदान छ भन्दै यसरी असन्तुष्टि नपोख्न आग्रह गरेका छन।यसले आउदै गरेको संसदीय निर्वाचन र अन्य पार्टीका गतिविधिमा असर नराम्रोसँग पुग्नेछ सचेत रहनुहोला कार्यकर्याहरुले सञ्जालमा भनेका छन।

प्रतिक्रिया दिनुहोस्