युथ क्लबले नगरपालिकाका निर्वाचित वडाअध्यक्षहरुलाई गर्यो सम्मान
केदार बस्नेत सल्लेरी।सोलुखुम्बुको सल्लेरीमा रहेको सोलु दुधकुण्ड युथ क्लबले जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ।आजबाट प्रारम्भ भएको सम्मान कार्यक्रम अन्तर्गत सोलु दुधकुण्ड नगरपालिकाका ११ वडाका अध्यक्षहरुलाई सम्मान गरिएको अध्यक्ष क्षितिज मोक्तानले जानकारी दिनुभयो।उक्त नगरपालिकामा कांग्रेसले पालिकाको बैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनमा मेयर तथा उपमेयर सहित ६ वटा वडाअध्यक्ष नेकपा एमालेले ४ र माओवादीले १ वटा वडाअध्यक्ष जितेको थियो।

उक्त सम्मान कार्यक्रममा कांग्रेसबाट २ जना एमालेबाट ३ माओवादीबाट १ जना बिजयी वडाअध्यक्षहरुको सहभागीता रहेको थियो उहाँहरुलाई क्लबका अध्यक्ष क्षितिज मोक्तानले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो।कार्यव्यस्थताका कारणले ५ जना वडाअध्यक्षहरु भने सम्मान कार्यक्रममा उपस्थिति नभएको पनि क्लबले जनाएको छ।उहाँहरुको सम्मान पत्र सोलु युथ क्लबले आफ्नो अफिसियल फेसबुक पेजमा सार्वजनिक गरेको छ।साथै जिल्लाको ८ वटै स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुलाई समेत केहिदिन भित्रमा कार्यक्रम तय गरेर सम्मान गरिने सचिव मदन श्रेष्ठले रहस्य खबरलाई जानकारी दिनुभयो।युथ क्लब जिल्लामा दर्ता भएका संस्थाहरु मध्ये निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने पहिलो क्लब भएको छ।






