एमाले सोलुखुम्बुले बोलायो निर्बाचन समिक्षा बैठक



सोलुखुम्बु। नेकपा एमाले जिल्ला कमिटी साेलुखुम्बुकाे बैठक आगामी हप्ता बस्ने भएको छ।

स्थानीय तह निर्बाचन सम्पन्न भएपछि एमाले सोलुखुम्बुले बोलाएको यो पहिलो जिल्ला कमिटी बैठक हो। जेष्ठ २४ र २५ गते बस्ने जिल्ला कमिटी बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनका बिषयमा छलफल हुने जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’ ले जानकारी दिए।

समिक्षा हल सल्लेरीमा हुने बैठकका लागि नेपाल एमालेका केन्द्रीय सदस्य,प्रदेश कमिटी ,जिल्ला कमिटी सदस्य र प्रदेश निर्वाचन समन्वय कमिटीका पदाधिकारी सहभागी हुने उनले बताए ।

बैठकमा जिल्लाका आठवटै पालिकाका इन्चार्ज वा अध्यक्षले आ-आफ्नो पालिकाको समिक्षा प्रतिबेदन पेश गर्नु पर्नेछ।जिल्ला कमिटीमा नरहे पनि सम्पन्न निर्बाचनबाट निर्बाचित वडाध्यक्षहरुलाई समेत २५ गतेकाे बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ,- सचिब राईले भने।

प्रतिक्रिया दिनुहोस्