तारा एअर दुर्घटना : मृत्यु भएकाहरूको शब काठमाडौंमा पोष्टमार्टम गरि आफन्तलाई बुझाइने
काठमाडौं।तारा एअरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ।

पोस्टमार्टमका लागि शव काठमाडौं ल्याउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु केसीले जानकारी दिए।
आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नाइनएनएईटी ट्विनअटर जहाज उडान भरेको केही मिनेटपछि सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका– २, सानुसरेको पहाडमा दुर्घटना भएको जहाज भेटिएको थियो।
दुर्घटनास्थलबाट हालसम्म १६ जनाको शव संकलन भइसकेको अधिकारीहरुले जानकारी दिएका छन्। जहाजमा १९ जना यात्रु र चालक दलका ३ जना सदस्यसहित २२ जना सवार थिए।

