गणतन्त्र दिवसको अवसरमा टुंडिखेलमा बिशेष कार्यक्रम आयोजना



काठमाडौं । १५औँ गणतन्त्र दिवसका अवसरमा आज बिहान काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालगायत उच्चपदस्थ अधिकारी उपस्थित भए ।

कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टि गरिएको थियो ।सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपास गरेका थिए । राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरियो ।

प्रतिक्रिया दिनुहोस्