पत्रकार बिडारी सम्मानित
काठमाडौं। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी सम्मानित हुनुभएको छ ।सञ्चार क्षेत्रबाट समाजका गतिविधि प्रचारप्रसारमा योगदान गरेवापत बिडारीलाई मकवानपुरे समाजद्वारा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

पत्रकारिता विषयका अध्यापक एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रेस सल्लाहकार समेत रहनुभएका बिडारी १५ वर्षदेखि पत्रकारिताको विकासमा क्रियाशील हनुहुन्छ । दामन पोष्ट साप्ताहिक र दामनपोष्ट डटकममा प्रकाशक बिडारी नेपाल पत्रकार महासंघ काठमाडौका पूर्व अध्यक्ष समेत रहनुभएका बिडारी मकवानपुर स्थीत थाहा नगरपालिका–६ का स्थायी बासिन्दा हुनुहुन्छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले जनतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमका साथै ठिक समयमा यथार्थ सूचना उपलब्ध गराउन सञ्चार क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताउँदै यस क्षेत्रबाट पुष्टि नभएका समाचार अनुमानका भरमा प्रसारण गर्न नहुनेमा जोड दिनुभयो ।प्राडा गोपालरमण शर्मा, डा अंगुर कार्कीलगायतलाई सम्मान गरिएको कार्यक्रममा दुइजना अशक्त व्यक्तिहरुलाई ह्वील चियर प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष अरुणकुमार गुरुङले मकवानपुरेहरु एकजुट भएर विकास निर्माणका साथैं जिल्लाका पहिचान कायम गर्न केन्द्रीत हुनुपर्नेमा विचार व्यक्त गर्नुभयो ।

