गाडी दुर्घटनामा रेणु दाहाल घाइते

ललितपुर।भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ ।

शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।
अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ।प्रहरीका अनुसार उनी चढेको प्रदेश ३-०१-०२३-७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन् ।
अचानक गाडीको टायर पञ्चर भएपछि गाडी बिजुलीको पोलमा ठोक्किएको बताइन्छ ।

