नेचासल्यानका निर्बाचित गाउँ कार्यपालिका सदस्यले लिए सपथ




सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँ कार्यपालिकामा निर्बाचित ६ सदस्यले सपथ लिएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट निर्बिरोध निर्बाचित कार्यपालिका सदस्यहरुलाई नेचासल्यान गाउँपालिका अध्यक्ष धञ्जन राईले सपथ गराएका थिए।जेठ ९ गते उम्मेदवारी दर्ता गराएका ६ जना माथि कुनै उजुरी नपरेपछि निर्विरोध कार्यपालिका सदस्यमा निर्वाचित भएको गाउँपालिकाका प्रशासकीय अधिकृत लबुन राईले जानकारी दिए।

कार्यपालिका सदस्यमा महिलातर्फ वडा नं १ बाट किलमु शेर्पा, वडा नं २ बाट रुपा नेवार, वडा नं ३ बाट जयन्ता अधिकारी र वडा नं ४ बाट ज्ञान कुमारी दाहाल निर्वाचित भएकी छिन् । दलिततर्फ वडा नं ३ बाट दिल परिवार र अल्पसंख्यकतर्फ वडा नं ५ का चक्र बहादुर राई कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्