मूल्यबृद्धिबिरुद्द एमालेले गर्यो संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं।अन्य विकल्प हुंदाहुँदै बद्नियतपूर्ण ढंगबाट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै त्यस उपर ब्यापक छलफल गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरुले संसदमा उक्त प्रस्ताव दर्ता गराएका हुन्।
उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रमुख सचेतक विशाल भट्टराई रहेका छन्। एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले उक्त प्रस्तावमाथि समर्थन जनाएका छन्।
इन्धनको मूल्यवृद्धिबारे छलफल गर्न आवश्यक ६ तर्क प्रस्तावमा उल्लेख छ।


