बालेन अग्रता थप फराकिलो बनाउँदै, सिर्जना स्थापित भन्दा अगाडी
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ । उनले ४३ हजार ८५० मत पाएका छन् ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छिन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।
अहिले वडा नम्बर-१२, १३, १४, २१, २२ र २३ मा मतगणना भइरहेको छ । काठमाडौं महानगरमा कुल एक लाख ९० हजार ९८४ मत खसेको छ ।

