खुम्बु पासाङल्हामु : अध्यक्ष शेर्पाद्वारा ५ सय ४८ परिवारलाई राहत बितरण



सोलुखुम्बु। जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं १ का ५ सय ४८ घरपरिवारलाई राहत बितरण गरिएको छ।

मित्रराष्ट्र चीन सरकारको सहयोगमा प्राप्त राहत सामाग्री आईतवार आयोजित एक कार्यक्रममा गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष मिङमाछिरी शेर्पाले सम्बन्धित परिवारलाई बितरण गर्नुभएको नेकपा एमाले जिल्ला कमिटी सदस्य लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो। शेर्पाका अनुसार कोरोना महामारीका कारण समस्यामा परेका सो वडाका ५ सय ४८ परिवारलाई प्रतिपरिवार ३० केजीका दरले चामल तथा १० थान मास्क र दलित परिवारलाई थप २५ केजी मैदा राहतस्वरुप वितरण गरिएको हो ।

राहत सामाग्री गत बैशाख पहिलो सातामै गाउंपालिकामा आईपुगे पनि स्थानीय तहको निर्वाचन आचारसंहिता लागु भएका कारण वितरण हुन सकेको थिएन ।

आजै गाउँपालिका अध्यक्ष शेर्पाले आब ७८/७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार वडा नं १ को सिक्ली दलीत बस्तीमा
प्रेसर कुकर २ थान,वासिङ बोउल २ थान,हट केस (१० लिटर २) थान,हट केस (५ लिटर)१ थान,चपिङ बोर्ड ३ थान,चक्कु ४ थान,भट्टी चुल्हो २ थान,कप १५० थान
सुप बोउल १५० थान,चम्चा १५० थान,टि पट २ थान,थाल १५० थान,डेक्ची १ थान,मिक्सर सहितको,साउण्ड सिस्टम १ सेट,कुर्सी ३२ थान र टेबल ८ थान हस्तान्तरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्