अध्यक्षका रुपमा प्राप्त हुने सेवासुबिधाबाट एकजनालाई MBBS पढाउने राईको घोषणा



सोलुखुम्बु।जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले गाउँपालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुबिधा गाउँपालिका भित्रका गरिब तथा जेहनदार विद्यार्थी १ जनालाई MBBS पढाउन खर्च गर्ने घोषणा गरेका छन्।

शुक्रबार गाउँपालिकाको अध्यक्षका रूपमा दोश्रो कार्यकालका लागि पदवहाली गरेसंगै राईले पहिलो अध्यक्षस्तरीय निर्णय गर्दै सो घोषणा गरेका हुन्।अध्यक्ष राईले दोश्रो कार्यकालका लागि अध्यक्ष निर्बाचित भएसंगै बिहिबारमात्रै जिल्लाका प्रमुख निर्बाचन अधिकृत सन्तोषप्रसाद पराजुली समक्ष पद तथा गोपनीयताको सपथ गरेका थिए।

उनले दोस्रो कार्यकालको आफ्नो महत्वपूर्ण काम गरे गाउँपालिकाबासीहरुको सहजताका लागि वातावरणमैत्री विद्युतीय बस ( charging station बनाएर )सेवा सन्चालन गर्ने रहेको समेत जानकारी गराएका छन्।

थुलुङ दुधकोशीको बिकासका लागि प्रहिलो कार्यकालमै महत्वपूर्ण जगबसाएका अध्यक्ष राईले दोश्रो कार्यकालको शुभारम्भसंगै गरेको यो घोषणाले थुलुङ दुधकोशीबासीहरु हर्षित र उत्साहित बनेका छन्।बोलेका बचन र गरेका प्रतिबद्धता पूरा गर्ने राईको बानीका कारण पनि उनीहरू उत्साहित बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्