नेचासल्यान : वडा नं ३ को वडाध्यक्षमा माओवादी केन्द्रका सीताराम भट्टराई निर्बाचित
सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको वडा नं ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सिताराम भट्टराई निर्बाचित भएका छन् ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा रहेको यो वडामा भट्टराईले झिनो मत अन्तरले बिजय प्राप्त गरेका हुन्।वडाध्यक्ष निर्बाचित भट्टराईले ५५४,नेपाली कांग्रेसका चन्द्र आचार्यले ५५१ र नेकपा एमालेका धर्मध्वज खत्रीले ५२९ मत प्राप्त गरेका छन्।
गाउँपालिकाको वडा नं १ को वडाध्यक्षमा नेपाली कांग्रेसका रमेशकुमार राई र २ नं वडामा कांग्रेसका सीताराम काफ्लेको प्यानलै बिजयी भएको छ।

