सोताङ : कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट घाईते राईको निधन
सोलुखुम्बु। सोताङ गाउँपालिकामा नेपाली कांग्रेसको ढुंगा प्रहारबाट घाइते एक ब्यक्तिको उपचारका क्रममा निधन भएको छ।
शुक्रवार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच झडपका क्रममा घाइते भएका सुदिप राईको मृत्यू भएको हो।गाउँपालिकाको वडा नं ३ निबासी राई कांग्रेस कार्यकर्ताहरुको ढुंगा प्रहारबाट गम्भीर घाइते भएका थिए।उपचारका क्रममा फाप्लु अस्पतालमा उनको निधन भएको हो।
‘
वडा नम्बर ३ मा भोट खासल्न ल्याइएकि एक विरामी बृद्ध महिलाको मृत्यू भएपछि काँग्रेस र माओबादी कार्यकर्ता विच झडप सुरु भएको थियो ।