मतगणना सुरु नहुंदै नेचासल्यानमा नेपाली कांग्रेसको घट्यो एकमत



सोलुखुम्बु। नेचासल्यानमा कांग्रेसको एकमत बदर हुनेभएको छ।

सोमबार सम्पन्न स्थानीय तह निर्बाचनमा कांग्रेस समर्थक एक मतदाताले दुई ठाउंबाट मतदान गरेको बिषयमा गल्ती स्वीकार गर्दै शनिबार बिहान सम्पन्न सर्बदलीय बैठकमा सो पार्टीले आफ्नो पक्षको एकमत बदर गर्न सहमति जनाएको हो।

बैठकमा दुई ठाउंबाट मतदान गरेको बिषयमा छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै ११ बजे पुनः सर्बदलीय बैठक गरेर मतगणना सुरु गर्ने सहमति भएको एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगन्नाथ बास्तोलाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्