निर्बाचन आयोग भन्छ,-‘कतै मतदान स्थगित भएको छैन’




काठमाडौं।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् ।
‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’

मतदानका क्रममा झडप भएपछि विभिन्न जिल्लाका ३० स्थानमा मतदान प्रभावित भएपनी सर्बदलीय बैठक बसेर पुन मतदान सुरु भएको आयोगले जनाएको छ।

उनले बिहीवार बिहान ७ बजे सुरु भएको स्थानीय तह सदस्य निर्वाचनमा उत्साहपूर्वक मतदान भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्