देशभर निर्बाचन हुँदै, २ बजेसम्म कति खस्यो मत ?




काठमाडौँ।निर्वाचन आयोगले शुक्रबार दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रारम्भिक तथ्यांकअनुसार देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् ।

प्रवक्ता पौडेलले शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिए ।
‘कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वाडा नम्बर १७ बाहेकका सबै मतदानकेन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको छ,’ आयोगका प्रवक्ताले भनेको छ, ‘अपराह्न २ बजेसम्म देशभर करिब ४१ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ ।’

प्रतिक्रिया दिनुहोस्