प्रहरीले नै मतदातालाई आतंकित बनाएको बनाएको सोताङ एमालेको आरोप



सोलुखुम्बु।नेकपा एमाले सोताङ गाउँपालिका कमिटीले भयरहित ढंगबाट मतदान गर्न मतदाताहरुलाई आग्रह गरेको छ।

गठबन्धन सरकारको निर्देशनमा सुरक्षाको जिम्मेवारी लिएको सुरक्षा निकाय नै मतदातालाई आतंकित बनाउन लागि परेको भन्दै गाउँपालिका कमिटी अध्यक्ष बीरबहादुर राईले एक बिज्ञप्ति प्रकाशित गरि कसैको धाक धम्की को प्रबाह नगरी निर्धक्क साथ मतदानमा सहभागी हुन सोताङहरुलाई आग्रह गरेका हुन्।

बिहिवार राती नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष हर्कबहादुर राईको घरमा शसस्त्र प्रहरी निरीक्षक दर्शन बस्नेत तथा जनपद प्रहरीका असइ भुवन भण्डारीको संयुक्त टोलिले घर घेरा हाली संकटकालीन अवस्था जस्तो बर्बर दमन गरी दुर्व्यवहार गरेको भन्दै सोताङ एमालेले यस्तो राज्य आतंक मच्याउने दुबै प्रहरीका जिम्मेवार ब्यक्तिहरुलाइ कानुन बमोजिम कारबाही गर्न समेत माग गरेको छ।बिज्ञप्तिमा भनिएको छ,-‘घरमा प्रवेश गरि कानुन बिपरित घरको खानतलासी गरि उपाध्यक्ष राईको छोरा सिद्धान्त राईलाई घरबाट लछारपछार गर्दै तथानाम गाली गलोज तथा धाक धम्की समेत दिएको आरोप समेत लगाईएको छ। घटनाबारे जानकारी गराउंदा शान्ति सुरक्षा को खिल्ली उडाउदै सत्ता गठबन्धन को दुरुपयोग गरे पछि सोलुखुम्बु जिल्ला को प्रमुख जिल्ला अधिकारी र सोलुखुम्बु जिल्ला को शसस्त्र प्रहरी प्रमुखलाई जानकारी गराउँदा समेत घटना लाई सामान्य रूपमा लिएको उल्लेख गरिएको छ।

यस्ता घटनाले राज्य संयन्त्र गठबन्धन सरकारको एमाले हराउने रणनीति अनुसार परिचालित छ भन्ने प्रमाणित भएको बताउंदै
सत्तागठबन्धनलाई यस्तो घृणित कार्य नगर्न र नेकपा एमाले को धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्