नेचासल्यान : बितेका पांच बर्ष त्यत्तिकै खेर गएको कांग्रेस नेताहरुको आरोप



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका नेताहरुले कम्युनिस्टले जितेका स्थानीय तहहरुमा अत्यधिक भ्रष्टाचार भएको आरोप लगाएका छन्।

पूर्बमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको प्रमुख आतिथ्यमा नेचासल्यानको बिहिवारे बजारमा मंगलबार सम्पन्न स्थानीय तह निर्बाचन लक्षित चुनावीसभालाई सम्बोधन गर्दै ऊनीहरुले सो आरोप लगाएका हुन्।उनीहरूले नेचासल्यानको बिकास र समृद्धिका लागि कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउन आव्हान समेत गरे।

चुनावी सभालाई प्रमुख अतिथि केसी, बिशिस्ट अतिथि प्रकाससिं कार्की,नेचासल्यान गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार धञ्जन राई,उपाध्यक्षका उम्मेदवार बिना राई लगायतका नेताहरुले सम्बोधन गरेका थिए।बिगतमा आफ्नै कारणले कांग्रेसले स्थानीय तह निर्बाचनमा पराजय ब्यहोर्नु परेको बताउंदै ऊनीहरुले अब त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे।

कांग्रेसले जित हांसिल गर्न नसक्दा गएको पांच बर्ष त्यत्तिकै खेर गएको उनीहरूको भनाई थियो।ऊनीहरुले एमाले नेतृत्वको स्थानीय सरकारले निषेधको राजनीति बाहेक उल्लेख कुनै काम गर्न नसकेको जिकिरसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्