सोलुदुधकुण्ड : काँग्रेसका युवा नेता तामाङ एमाले प्रवेश

सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिका ५, जैदुका फुरी तामाङ (डिल्ली) नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नगरपालिकास्थित एमाले निर्वाचन प्रचारप्रसार कमिटीको सचिवालयमा आयोजित कार्यक्रममा उनलाई प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी र मेयरका उम्मेदवार आङ काजी शेर्पा लगायत नेता कार्यकर्ताले खादा लगाएर स्वागत गरेका थिए ।
तामाङले आफ्नो भावना, विचार, सिद्धान्त नेकपा एमालेसँगै मिल्ने भएकाले एमालेमा प्रवेश गरेको बताए । आसन्न निर्वाचनमा एमाले पार्टीका सबै उम्मेदवारहरुलाई जिताउन सशक्त भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

