दम्भ राखे कांग्रेसको पनि बिनास हुने नेपालको चेतावनी



पोखरा।नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गरेका छन् ।

आइतबार सत्तारुढ गठबन्धनले पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले दम्भका कारण केपी ओलीको विनाश भएको भन्दै दम्भ राखेमा कांग्रेसको पनि विनाश हुनुको विकल्प नभएको बताए ।

‘कहिलेकाहीँ कांग्रेसमा दम्भ हुन्छ । हामी धेरै शक्तिशाली छौँ । दम्भ नराख्नुस् । त्यही दम्भले केपीको विनाश गर्‍यो । दम्भ राख्नुभयो भने तपाईंको पनि विनाश हुनेबाहेक अरु केही उपाय हुँदैन ।’

आफूले इतिहासको कालखण्डमा दशकौँ बिताएको उल्लेख गर्दै उनले सबैको शक्तिलाई स्वीकार गर्नुपर्ने पनि बताए । ‘सबैको शक्तिलाई स्वीकार गर्नुपर्छ । त्यत्तिकै उम्रिएर आएका होइनन् यिनीहरु । इतिहासका कालखण्डमा दशकौँ बिताएका छन् । पाँच दशक त मैले नै बिताइसके । पचास वर्षको लामो यात्रा पार्टी निर्माण गरियो, आन्दोलन हाँकियो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्