वडाध्यक्षका उम्मेदवार आँपको रुखमा झुण्डिएको अवस्थामा फेला



इटहरी।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ८ का वडाध्यक्षका उम्मेदवार झुन्डिएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार शनिबार बिहान घर नजिकैको आँपको रुखमा स्थानीय ६५ वर्षीय गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

‘सुसाइट नोटमा भनिएको छ, यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू, पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु ।’

उनी यसअघि ०७४ को निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएको र यसपटक पनि टिकट नदिएको भन्दै स्वतन्त्र रुपमा वडाध्यक्ष्मा उम्मेदवारी दिएका थिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्