एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मन्चले गाउँ फर्क अभियान सन्चालन गर्ने



काठमाडौं।नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मन्चले चुनावी भेलाको आयोजना गरेको छ।

राजधानी काठमाडौंको चाबहिलमा सम्पन्न भेलाबाट सोलुखुम्बु जिल्लाका ८ वटै स्थानीय तहमा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउन भोलिदेखि नै गाउँ फर्क अभियान सन्चालन गर्ने निर्णय गरिएको सम्पर्क मन्चले जनाएको छ।

सम्पर्क मन्चका अध्यक्ष नन्दराज बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले प्रदेश १ कमिटीका अध्यक्ष बच्चुनारायण श्रेष्ठ,बिशेष अतिथि नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’,प्रदेश सम्पर्क संगठन कमिटीका सचिवालय सदस्य टपेन्द्र कार्की,सम्पर्क मन्चका पूर्ब अध्यक्ष तथा सोलुदुधकुण्ड नगरकमिटीका सचिब अर्जुन कार्की,पूर्ब जिल्ला कमिटी सदस्य चीना शर्मा लगायतले नेकपा एमालेसम्बद्ध विभिन्न संगठनहरुमा आवद्ध नेता तथा कार्यकर्ताका साथै आस्थावान तथा शुभेच्छुकहरुले आ-आफ्नो पालिकामा गएर सूर्यध्वजाबाहक उम्मेदवारहरुलाई जिताउन सक्रिय भएर लाग्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्