बाँस्तोलाबिरुद्ध बद्नियतपूर्ण र नियोजित ढंगबाट दुष्प्रचार भइ रहेको एमाले नेचासल्यानको ठहर



सोलुखुम्बु।नेकपा एमाले नेचासल्यानले आफ्नो पार्टी र पार्टीको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डुफकुमार बास्तोलाबिरुद्ध भइरहेको दुष्प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनमा आफ्नो पार्टी बिजयोन्मुख हुँदै गइरहेका बेला बेनामी उजुरीलाई आधार बनाएर तथ्यहिन र हांस्याष्पद ढंगले ब्यक्तिको मानमर्दन गर्ने गरी प्रचार हुनु खेदजनक भएको उल्लेख गर्दै नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीका अध्यक्ष जगनाथ बास्तोलाले शनिबार एक बिज्ञप्ति प्रकाशित गर्दै ध्यानाकर्षण भएको जनाएका हुन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी दर्ता गरेकै भरमा गाउँपालिकाका निबर्तमान अध्यक्ष समेत रहेका एमाले उम्मेदवार बास्तोलाबिरुद्ध झण्डै ८ महिनापछि कुप्रचार गरिनु बद्नियतपूर्ण र नियोजित भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तो छ बिज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्