कालिका आविमा कम्प्युटर ल्याब तथा पुस्तकालयको उद्घाटन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु । नेचासल्यान गाउंपालिकाको वडा नं ३ स्थित कालिका आधारभूत विद्यालयमा कम्प्युटर ल्याब तथा पुस्तकालयको उद्घाटन गरिएको छ ।

नेचासल्यान गाउँपालिकाको वडा नं- ४ निवासी उद्दव शर्मा र लक्ष्मी राजकको सहजीकरणमा पेस्टालोजी इन्टरनेसनल फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सो ल्याब तथा पुस्तकालय व्यवस्थापन गरिएको हो । ७ लाख ८० हजारको लागतमा ८ थान डेस्कटप कम्प्युटर, १ थान प्रीन्टर, १ थान ल्यापटप र प्रोजेक्टर १ थान व्यवस्थापन गरिएको फाउन्डेसनका प्रतिनिधि गणेश शर्माले जानकारी दिए ।
नेचासल्यान गाउँपालिका शिक्षा शाखा प्रमुख माधबमणि ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फाउन्डेसनका सल्लाहकार समेत रहेका विशिष्ट अतिथि रबिलाल कटेलले कम्प्युटर तथा पुस्तकालयको संरक्षण तथा सम्बर्द्धनका लागि १५ हजार १ सय ५५ रुपैयाँ र कालिका आधारभूत विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्र फुयलले ५ हजारको अक्षयकोष खडा गरेका छन्। फाउन्डेसनले दुर्गम क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक स्तरमा टेवा पुर्याउने उद्देश्यले विभिन्न विधाका ८ सय पुस्तकहरुको व्यवस्थापन गरेको छ ।
कम्प्युटर ल्याब तथा पुस्तकालयका लागि फर्निचर तथा कार्पेट व्यवस्थापन भने सम्बन्धित विद्यालय र नेचासल्यान गाउँपालिकाले गरेको हो ।
,

