नेचासल्यान : माओवादी केन्द्र र एसले ल्याए नेचासल्यान रुपान्तरण गर्ने खाका[पूर्ण पाठसहित ]



सोलुखुम्बु ।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी सम्मिलित गठबन्धनले नेचासल्यानमा स्थानीय तह निर्बाचनका लागि चुनावी घोषणापत्र सार्बजनिक गरेको छ।

कुसुम स्मृति प्रतिस्ठानमा बिहीवार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् संघीय संसद प्रतिनिधिसभा सदस्य हेमकुमार ‘सुरबीर’ले सार्बजनिक गरेका हुन्।घोषणा सार्बजनिक गर्दै सांसद राईले समृद्ध नेचासल्यान निर्माणका लागि माओवादी केन्द्र र एकीकृत समाजबादीको चुनाब चिन्हमा मतदान गर्न आग्रह गर्दै घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरु कार्यान्वयन गर्न आफुहरु कटिबद्ध भएर लाग्ने बताए ।

घोषणापत्रमा सर्तसहित आवश्यक बिषयमा उच्छ शिक्षा अध्य्यनका लागि छात्रवृत्तिको ब्यबस्था,स्वरोजगारमूलक शिक्षाको बिकासका लागि प्राविधिक धारका शिक्षालयको स्थापना,निशुल्क आधारभूत स्वास्थ्य जांचको ब्यबस्था,निश्चिति सार्बजनिक स्थलहरुमा निशुल्क ईन्टरनेटको ब्यबस्था,बोशिम खोला खानेपानी, ढोडेनी लिफ्टिङ योजना,चुर्पु सुकेपोखरी लिफ्टिङ योजना र दम्कु खानेपानी योजनामार्फत एक घर एक धारा खानेपानीको ब्यबस्था, उज्यालो नेचा सल्यान अभियान अन्तर्गत केन्द्रीय प्रशारण लाईन प्रत्येक घरधुरीमा बिस्तार गर्ने र पालिका भित्रका लघु जलविद्युत आयोजना गर्ने लगायतका बिषय समेटिएका छन्।

गठबन्धनका निर्बाचन परिचालन कमिटीका संयोजक केशर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र कट्टेलले बिश्वास गरेर नेचा सल्यानका जनताले जिम्मेवारी दिएमा असल श्रमिक बन्ने बताए।

नेकपा एकीकृत समाजबादीका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका डिल्ली राईले घोषणापत्र लेख्न लागि मात्रै नलेखिएको बताउंदै यो नेचासल्यान समृद्धिको वास्तविक मार्गचित्र भएको दावी गरेका थिए।

प्रतिवद्वता पत्र हेर्न यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ :
https://drive.google.com/file/d/1CrPL2PexovxeXQAbIOuH4syRWTMyUmky/view?usp=drivesdk

प्रतिक्रिया दिनुहोस्