इदका अवसरमा भाेलि सार्वजनिक बिदा
काठमाडौं।सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो।

०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको हो । यसअघि मुस्लिम आयाेगले चन्द्रमा हेरेर कहिले इद मनाउने भन्नेबारे निर्णय लिने बताएकाे थियाे ।

